Introduction

सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय :-

स्थापना मिति
२०३९ साल
सिमाना
पुर्व
५ र ६ नं. प्रदेश (बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, मुगु र हुम्ला जिल्लाहरु )
पश्चिम
भारतको उत्तराखण्ड प्रदेश,चम्पावत,पिथौरागढ,उधमसिंह नगर जिल्ला )
उत्तर
चिनको तिब्बत ।
दक्षिण
भारतको उत्तर प्रदेश  ( पिलिभित, पलिया, लखिमपुर, खिरी) ।
भारतसंग     
४५३ कि.मि. ।
चीनसंग
७६ कि.मि. ।
जम्मा
क्षेत्रफल१९,५३९ बर्ग कि.मि. ।
कुल जनसंख्या  जनगणना २०६८
पुरुष
१२,१७,८८७      
महिला
१३,३४,६३०
कुलजनसंख्या
   २५,५२,५१७ (प्रति प्रहरी अनुपात ४१८)
जिल्ला
कैलाली,डोटी,अछाम,बझाङ्ग र बाजुरा, कञ्चनपुर,डडेल्धुरा,बैतडी र दार्चुला ।
स्थानीय तह
उप-महानगरपालिका
नगरपालिका
३३
गाउपालिका
५४
जम्मा
८८
निर्वाचन क्षेत्र
जम्मा
१६
पेशा
कृषि
८९.३७%
अन्य
१०.६३%
मुख्य नदी
कर्णाली,सेती र महाकाली
मुख्य ताल
सुर्मासरोवर (बझाङ्ग),खप्तड (डोटी),घोडाघोडी (कैलाली),बेतकोट र रानी (कञ्चनपुर)
हिमाल
अपी (७१३२ मि.),सैपाल (७०२५ मि.) र नाम्पा (६८१९ मि.)
चाडपर्वहरु
गौरापर्व,बिशुपर्व,माघी पर्व,दशै,तिहार र फागु पर्व
धार्मिक स्थलहरु
मालिकार्जुन (दार्चुला),त्रिपुरासुन्दरी,निङ्गलाशैनी भगवती,ग्वालेक केदार र रौलेश्वर केदार (बैतडी), उग्रतारा,घटालबाबा (डडेल्धुरा), शैलेश्वरी (डोटी), बर्दादेवी रबैद्यनाथ (अछाम), बडीमालिका र नाट्यश्वरी(बाजुरा)
राष्ट्रिय निकुन्ज
खप्तड रा.नि.(डोटी),शुक्लाफाँटा बन्यजन्तु आरक्ष (कञ्चनपुर)

 

state7 map.JPG

सुदुरपश्चिम प्रदेश नक्सा

आर्थिक स्थिति

भौगोलिक दृष्टिकोणले २ जिल्ला बाहेक ७ जिल्ला पहाडी भू-भागले समेटिएको यस प्रदेश बासिन्दाहरुको मुख्य पेशा कृषि नै रहेको छ । पर्याप्त मात्रामा खेती गर्ने उब्जाउ जमिनको अभाव, खेती गर्ने पुरानै परम्परागत शैली र यस प्रदेश औद्योगिक क्षेत्र पनि नभएका कारण आफ्नो जिवीकोपार्जन गर्नका लागि कामको अवसरको खोजीमा पहाडी जिल्लाबाट धेरै जसो व्यक्तिहरुले तराईको जिल्लामा बसाई सराई गर्नु परेको छ, भने भारत तर्फ पनि रोजगारीको लागि पलायन हुनु पर्ने बाध्यता रहेको छ । भौतिक विकासका कार्यक्रम अन्य प्रदेशको तुलनामा न्यून रहेको, यस प्रदेशमा काम गर्ने पुरानै शैली, रुढीवादी, अज्ञानता तथा अशिक्षाको कारणले आर्थिक स्थिति कमजोर रहेको पाईन्छ ।

यातायातको असुविधा र बजार अभावका कारण नगदेवाली जस्तै फलफु, अदुवा, तरकारी आदि खेती गर्न पनि कृषकहरुमा रुची भएको पाईदैन । यस प्रदेशमा पाईने विभित्र किसिमका जडीबुटीहरुको व्यवस्थित रुपमा संकलन र सदुपयोग भएको पनि पाईदैन ।

सामाजिक स्थिति

यस प्रदेशमा ब्राम्हण, क्षेत्री, दलित, आदिबासी जनजाति, दशनामी, मधेशी मुलका जाति समेतका मानिसहरुको बसोबास रहेको पाईन्छ । यहाँ छुवाछुत, देउकी प्रथा, जातीय भेद्भाव, वालबिबाह, बहुविवाह जस्ता प्रथालाई निरन्तरता दिदै आएको र छोरा, छोरीलाई समान अवसरमा भेदभाव गरेको पाईन्छ । यद्यपी यी माथि उल्लेखित कुरीतिहरुलाई हटाउनका लागि केही ऐन नियम बनेका भए तापनि व्यवहारिक रुपमा कार्यान्वयन तथा प्रयोग भएको पाईदैन ।

धार्मिक स्थिती

यस प्रदेशका ९० प्रतिशत मानिसहरु हिन्दु धर्म मान्ने गर्दछन् । उच्च हिमाली भेगमा बस्ने चिनका नाका क्षेत्र तिरका मानिसहरु तथा सडक बिस्तारका कारण अन्यत्र क्षेत्रबाट आई बसोबास गरेका करिब ५ प्रतिशत मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् भने व्यापार व्यवसायका लागि यस प्रदेशमा आई बसोबास गर्ने करिब ५ प्रतिशत मानिसहरुले अन्य धर्म मान्ने गरेको पाईन्छ ।

शैक्षिक अवस्था

विगतमा सबै स्थानहरुमा शैक्षिक संस्थाहरुको अभाव र न्यून आय श्रोतका कारण शहरमा बसी पढ्न नसक्ने भएकाले यस प्रदेशको शैक्षिक स्तर न्यून रहेको पाईन्छ । हालका दिनहरुमा शैक्षिक संस्थाहरुको बिस्तार संगसंगै यस प्रदेशका मानिसहरुको पढ्नु पर्छ भन्ने परिवर्तित सोचका कारण शैक्षिक अवस्थामा क्रमशः वृद्धि भईरहेको पाईन्छ ।

स्वास्थ्य

यस प्रदेश अन्तर्गत ७ वटा पहाडी जिल्लाहरु र २ वटा मात्र तराईका जिल्लाहरु भएका र पहाडी जिल्लाहरुमा विविध कठिनाईका कारण दरवन्दी भए पनि डाक्टरहरु कमै मात्रामा बस्ने गरेका हुँदा यहाँका मानिसहरु समयमा आवश्यक औषधि उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ भने अर्को तर्फ परम्परागत सोच र अन्धविश्वासका कारणले यहाँका मानिसहरु जुनसुकै विरामी पर्दा पनि धामीझाँक्री माथि निर्भर रहने हुँदा सहि उपचार नपाईकनै ज्यान गुमाउनु पर्ने अवस्था रहेको पाईन्छ ।

पर्यटन

यस प्रदेशमा पर्यटन विकासको प्रचूर सम्भावना रहे पनि यातायात तथा प्रचार प्रसारको अभावका कारण उक्त व्यवसाय फस्टाउन सकेको देखिंदैन । पर्यटनको सम्भावना बोकेका यस प्रदेशका स्थानहरुखप्तड, रामारोशन, घोडाघोडी ताल, बेतकोट ताल, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, विभिन्न मठ मन्दिरहरु प्रमुख रहेका छन् ।