घरभित्र खाल्डो खनेर बोरामा लुकाईएको थियो १८ किलो सुन

♦ मिति २०७५।११।०२ गते दिउसो १२:०० बजेको समयमा जिल्ला  कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्ती बस्ने शंकर वि.क.को घरमा १८ किलो सुन लुकाइ छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रप्रका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक सुदिप गिरीको कमाण्डमा खटिई आएको टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्र.नि. समेतको टोलीले उल्लेखित स्थानमा गई घरको खान तलासि गर्दा सोहि घर भित्र एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि त्यहाँ खन्दै गर्दा  खाल्डोमा सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हेर्दा हरेकमा सुन भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लुकाई छिपाई राखेको अवस्थामा रहेको १८ किलो सुन बरामद गरीएको  र उल्लेखित व्यक्तिको खोजतलास कार्य जारी रहेको ।  थप अनुसन्धान जारी ।