थप सुन बरामद

  • मिति २०७५।११।०३ गते राती ०१:४५ बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका ११ अमरपुर बस्ने बर्ष ३२ को लक्ष्मण तिरुवाको घरमा अवैध सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्र.प्र.का.अनुसन्धान ब्युरोबाट प्र.उ.सुदिप गिरीको कमाण्डमा खटीई गएको टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाको कमाण्डमा खटी गएको टोलीले उल्लेखित स्थानमा गई घरको खानतलासि गर्दा सोही घर भित्र लुकाई छिपाई राखेको अवस्थामा रहेको ५६६२.६९ ग्राम सुन बरामद गरी बरामदी मुचुल्का सम्मको अनुसन्धान कार्य पुरा गरी उक्त घटनामा संलग्न शुक्लाफाँटा न.पा. ११ बस्ने बर्ष ३२ को लक्ष्मण तिरुवा र बर्ष २८ को सुरज तिरुवालाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ।